RUMPUM
animated ellipse animated ellipse

अवैध गाँजा खेती फडानी गरी नष्ट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ कार्तिक २०८०, बुधबार १५:१३
135
Shares
फाइल तस्वीर
धनकुटा / धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १४ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका र साँघुरीगढी गाउँपालिकाका बिभिन्न स्थानहरुबाट करिव २० हजार ६ सय वटा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको हो ।

अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तररुपमा संचालन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर