RUMPUM
animated ellipse animated ellipse

प्रदेशको नामाकरण यही अधिवेशनबाट : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० जेष्ठ २०७८, आईतवार १८:२५
684
Shares
विराटनगर / मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम संसदको यही अधिवेशनबाट टुंगो लगाउन आह्वान गरेका छन् ।

मुख्यमन्त्री राईले प्रदेशको नामाकंन यही अधिवेशनबाट टुंगो लगाएर मात्र संसद बैठक अन्त्य गर्ने बताए । सप्तकोसी नदीको खुवालुङ ढुंगाको विषय उछालेर धेरै राजनीति भएका भन्दै उनले धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैं आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले खुवालुङलाई संरक्षण गरिने बताए ।

मुख्यमन्त्री राईले कोभिडको महामारीले कसैलाई नछोडेको भन्दै दल, भूगोल, वा वर्ग विशेष कोही पनि अछुतो रहन नसेको स्पष्ट गरे । राईले प्रदेश सरकार समृद्धितर्फको बाटोमा रहेको र तीन वर्षमा ठूला–ठूला उपलब्धी हांसिल भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर