पूर्वाञ्चल खबर
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज विराटनगरमा आयोजित तीन दिने आव २०७६।७७ को स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको समापन गर्दै मन्त्री घिमिरेले जडिवुडी उत्पादन, प्रशोधन, थेरापी, योग प्रशिक्षकको माध्यमबाट जेष्ठ नागरिक,युवा युवती, पर्यटक आदिलाई सेवा प्रवाह गरी मुलुकमा समृद्ध कायम गर्नु पर्नेमा जोड दिए ।
सरकारले हाम्रो मौलिक पद्धति भएको आयुर्वेदको प्रवद्र्धन , विकास र विस्तारमा प्राथमिकता दिनु पर्ने बताउदै मन्त्री घिमिरेले सङ्घीय, प्रदेश र स्थानीय सरकारले यसलाई महत्वपूर्ण साथ स्थान दिन आग्रह समेत गरे ।
मन्त्री घिमिरेले नेपाल भारतीय आयुर्वेद उत्पादनको ४० प्रतिशत बजार भएको जानकारी दिदै यसलाई सच्चाउन स्वदेशी उत्पादनको विकास र बजार प्रवद्र्धन र अनुसन्धानमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको जोड दिए ।
गोष्ठीमा १४ जिल्लाका आयुर्वेद कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले आफ्नो कार्यालयका गत वर्ष नागरिकलाई प्रदान गरेको सेवाका सम्वन्धमा प्रतिवेदन प्रस्तुत गरे ।