खबर पूर्वाञ्चल
काठमाण्डौको मूलपानी मैदानमा आइसिसि टी–२० विश्वकप छनोट खेलको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित नेपाल १० वर्ष पछि टी–२० विश्वकपमा छनौट भएको हो ।
यसअघि नेपालले सन २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । काठमाडौंमा भएको छनोट खेलबाट नेपालसँगै ओमान पनि छनोट भएको छ ।
मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पाएको नेपाल १७ दशमलव १ बलमा २ विकेट गुमाउँदै लक्ष्य भट्टाएको थियो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । उनले ५० बलमा २ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै कप्तान रोहितकुमार पौडेल २१ बलमा १ छक्का र ३ चौका प्रहार गर्दै ३५ रनमा अविजित हुँदा गल्सन झा २२ रन र कुशल भुर्तेलले ११ रनमा आउट भए ।
युएईका बसिल हमिद र निलान्स केस्वानीले समान १–१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको सामान्य योगफल बनाएको हो ।
युएईका वृत्य अरविन्दले सर्वाधिकले ६४ रन बनाउँदा कप्तान महमद वसीमले २६ रन बताए ।
नेपालका कुशल मल्लले ३ विकेट लिए । उनले ३ ओभरमा ११ रन दिए । त्यस्तै सन्दिप लामिछानेले २ विकेट लिँदा कप्तान रोहितकुमार पौडेल र सोमपाल कामीले १–१ विकेट लिए ।
तपाईको प्रतिक्रिया