खबर पूर्वाञ्चल
विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दिल्ली दोस्रो चरणमा प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ४५ रनको विशाल योगफल खडा गर्यो । दिल्लीको जितको लागि मोहित अभिचानोनी र शिवम किशोरले आक्रमक ब्याटिङ गरे । खेलको प्लेर अफ द म्याच समेत घोषित भएका मोहितले ३८ बलमा ९७ रन बनाए । उनले ९ छक्का र ८ चौका हिर्काए । शिवम अविजित रहदै २५ बलमा अर्धसतक कटाए । उनले ७ छक्का र ६ चौका हिर्काउँदै ७२ रन जोड्दा भरत कार्कीले २४ बलमा २९ रनको योगदान दिए ।
हरियाण थन्दर्स क्रिकेट क्लबका अंकित गोसामीले ४ विकेट, मोहितले २ विकेट र सुभमले १ विकेट लिए ।
२ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको हरियाणले १९ ओभरमा सबै विकेट गुमाइ १ सय ८६ रनमा सिमित भयो । संगमले अविजित ३३ रन बनाउँदा टिस्मू कुमारले २८ रन जोडे । दिल्लीका सत्यजीतले ३ विकेट र मोहितले २ विकेट लिए ।
सोही दिन भएको दोस्रो खेलमा झापाको बोष्र्टन क्रिकेट क्लबलाई एनबीएससीले २ सय १३ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङ गरेको एनबीएससीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाइ २ सय ८८ रनको विशाल योगफल खडा गर्यो । एनबीएससीका जितका लागि राहुल चौधरीले बिस्पोट ब्याटिङ गरे । उनले ३६ बलमा ९ छक्का र ६ चौका हिर्काउँदै सर्वाधिक ८३ रन बनाए । चिरन्जीवि ठाकुरले २९ बलमा अर्धसतक कटाउँदै ६० रन बनाए । उनले ३ छक्का र ८ चौकका प्रहार गरे । कुनाल किशोरले २० बलमा अबिजित ५७ रन बनाए । उनले ४ छक्का र र ७ चौकका हिर्काए । अनुभव कुमारले ४३ रन र रिसभले २९ रन बनाए । बोष्र्टनका सन्दिप क्षेत्रीले, दिवस शर्मा र प्रजित कुमारले समान १ –१ विकेट लिए ।
२ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको बोष्र्टनले १५ ओभरमा सबै विकेट गुमाइ ७५ रनमा सीमित भयो । तरु शर्माले अबिजित २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
एनबीएससीका मैनक कुमारले ४ विकेट र अदय झाले ३ विकेट लिए ।
प्लेर अफ द म्याच एनबीएससीका राहुल चौधरी घोषित भए ।
आइतबारको पहिलो खेल जोगवनीको प्रशान्त क्रिेकट क्लब र विराटनगरको सीसीए क्रिकेट क्लब बीच हुनेछ । सोही दिन हुने दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब क्बलबीच हुनेछ ।
मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी र नेपाल खेलकुद महासंघको संयुक्त आयोजना भएको उक्त प्रतियोगितामा नेपालका १० र भारतका ६ टिमको सहभागि रहेको छ । जेठ ५ गतेसम्म संचालन हुने सो प्रतियोगिताको बिजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपबिजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउने मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।
प्रतियोगिताको प्लेर अफ द सिरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याट्र र बेस्ट बलरलाई जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ईमर्जिङ्ग प्लेयर हुने खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याच हुनेलाई २ हजार १ सय रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिताको प्रथम संस्करणको बिजेता पूर्वाञ्चल एकाडेमी क्रिकेट क्लब र दोस्रो संस्करणकोे बिजेता भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।