AArya
RUMPUM
animated ellipse animated ellipse

चोरी तस्करी पूर्ण रुपमा नियन्त्रण गर्ने मोरङ प्रहरी प्रमुख जिसीको दाबी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०७८, सोमबार १९:०३
963
Shares
पत्रकार सम्मेलनमा बोल्दै मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसी । तस्वीर : पुष्पराज थपलिया
विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जिसीले समाजमा शान्ति सुरक्षाको अवस्थालाई कायम गरेर कानुन कार्यान्वयन गर्दै अवैध गतिविधि र चोरी तस्करी पूर्ण रुपमा नियन्त्रण गर्ने दाबी गरेका छन् ।

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौबाट दुई साता अगाडी मोरङ प्रहरी प्रमुख भएर आएका जिसीले आज संचारकर्मीहरूवीच परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । आफ्नो भावी कार्ययोजना सुनाउँदै एसपी जिसीले खुल्ला सीमाको फाइदा उठाउँदै हुने चोरी, तस्करी नियन्त्रणमा लागि पर्ने बताए । सीमा क्षेत्रमा हुने चोरी, तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्ने एसपी जिसीको भनाई छ ।

‘खुल्ला सीमा जोडिएको बोर्डरमा हुने चोरी तस्करीको गुनासो आउने गरेको छ,’ उनले भने, ‘यस नियन्त्रणमा आफु लागि पर्नेछु ।’ उनले अपराध अनुसन्धानमा पारदर्शी, निष्पक्ष भएर अपराध नियन्त्रणमा आफु लागि पर्ने बताए । ‘मोरङमा सुरक्षा थ्रेड पनि बढेको छ । केही दिन अगाडी मोरङको बिराटचौकमा दिनदहाडै सुनचाँदी पसल लुटपाट प्रयासको घटना लिएर एसपी जिसीले भने, ‘घटनामा संलग्न अपराधिलाई पक्राउ गर्न मोरङ प्रहरी लागि परेको छ । यस घटनामा प्राविधिक पाटोदेखि पनि प्रहरीले अनुसन्धान थालेको छ ।’ घटनामा संलग्न ढिलो चाँडो पक्राउ गरेर छोड्ने उनले बताए ।

उनले लागूऔषध प्रयोगकर्ताहरू दुव्र्येसनीबाट मुक्त गराउन मोरङमा सचेतना अभियान पनि संचालनको तयारी गरिएको बताए । ‘अहिलेका युवा पुस्ता दुर्वेसनीमा फस्ने गरेका छन् । विराटनगरको सीमावर्ती क्षेत्र रानीमा क्यान सेन्टरमा सचेतना अभियान सुरू गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘यो अभियान चाँडै सुरू हुने छ । जसले गर्दा दुव्र्येसनीमा लागेका युवा कुलतको दलदलदेखि केही हदसम्म मुक्त हुने हाम्रो अपेक्षा छ ।’ प्रहरी सधैभरी नागरिक मैत्री भएर काम गनुपर्ने उनले बताए । ‘प्रहरी सधैभरी नागरिक मैत्री भएर सेवा प्रदान गरिनुपर्दछ,’ उनले भने, ‘मातहतमा सम्पूर्ण प्रहरीलाई नागरिक मैत्री भएर सेवा दिन निर्देशन दिइसकेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर