animated ellipse animated ellipse

पाण्डेको उम्मेदवारी महाधिवेशन प्रतिनिधिमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०७८, बिहीबार १८:२६
369
Shares
विराटनगर / मोरङको जहदा गाउँपालिकाको नेपाली कांग्रेसको वडा अधिवेशनमा अधिकांश स्थानमा प्रतिनिधिहरु निर्विरोध चयन भएका छन् ।

वडा नं २ को बुथ सभापतिमा राजेश श्रेष्ठ निर्वाचित भएको छ भने १५ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध र दुई जना निर्वाचित भएको छन् ।

उक्त वडा खस आर्यबाट नेकां जिल्ला सदस्य नवराज पाण्डे निर्विरोध चयन भएका छन् । यस्तै वडा १ मा सभापतिमा वावुराम राजंवंशी सहित क्षेत्रीय प्रतिनिधिमा हरिपद राजवंशी र अन्य निर्वाचित भएका छन् ।

खस आर्यवाट निर्विरोध निर्वाचित पाण्डे विसं २०२८ देखि सक्रिय रुपमा राजनीति लागेका तीन पटक जिल्ला सदस्य भएका छन् । पाण्डेले खस आर्यबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरे ।

सादा जीवन उच्च विचारका पाण्डे जहदा गाउँपालिकालाई आफ्नो कार्यक्षेत्रका रुपमा लिई विभिन्न विकास निर्माणको कामलाई प्राथमिकता राखि समन्वय गरिरहेका छन् ।

कार्यकर्ता माझ लोकप्रिय रहेका पाण्डेलाई विगतको स्थानीय निर्वाचन कुनै पदका लागि टिकट नदिए पनि पार्टीलाई विजयी बनाउन दिनरात नभनि खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर