AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वडाअध्यक्षको दौडमा विनोदविक्रम शाह, भन्छन्, ‘वडालाई नमूना बनाउने योजना छ’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७८, बुधबार १८:०७
432
Shares
विराटनगर / समाजिक रूपमा सक्रिया रहेक युवा बिनोदविक्रम शाह आसन्न स्थानीयतहको निर्वाचनमा उम्मेदवारीको दौडमा छन् । एमालेकोतर्फबाट विराटनगर महानगरपालिका २ को वडा अध्यक्ष पदको उम्मेदवारमा दाबी गरेका छन् ।

पार्टीको वडा कमिटिले वडाअध्यक्षको उम्मेदवारको लागि शाह र वडाअध्यक्ष कुमार पोखरेलसहित पाँच जनाको नाम नेकपा एमाले विराटनगर महानगरपालिकालाई सिफारिस गरेर पढाएको छ । यद्यपी पार्टीले वडाअध्यक्षको नाम टुंगो लगाउन भने बाँकी छ । केहीदिन भित्रमा टुंगो लगाउने एमाले विराटनगर महानगरपालिकाले जनाएको छ । वडाले सिफारिस गरेर पठाएको शाह सामाजिक कार्यमा सक्रिय युवा हुन् । उनलाई सशक्त उम्मेदवारीको रूपमा वडामा हेरिएको छ । पोखरेल विराटनगर २ का वर्तमान वडाअध्यक्ष हुन् ।

‘सामाजिक काममा पनि सक्रिय छु । सबैसँग सन्तुलित व्यवहार गर्दै आएको छु’, एमालेबाट वडाअध्यक्षको शसक्त उम्मेदवार शाहले भने, ‘विपक्षीको मत तान्न सक्ने भएकाले पार्टीले टिकट दिएमा सहज जित निकाल्ने छु ।’

शाह २०५४ सालमा वडा प्रतिनिधी भएर वडा सदस्यमा अत्याधिक मत ल्याएर निर्वाचित भएका थिए । ‘पार्टीले उम्मेदवारी पाएर टिकट पाए जित्नेमा ढुक्क छु,’ उनले दाबीको साथ भने, ‘विराटनगरको २ नंं. वडालाई नमूना वडाको रूपमा विकास गर्ने योजना आफुसँग रहेको छ । त्यही भएर वडाअध्यक्षको लागि दाबी गरेको हु ।’

सामाजिक कार्यमा सक्रिय रहेकोले पनि शाह आफ्नो वडामा चिरपरिचित छन् । बुवा कल्याण्ड विक्रम शाह र आमा मन्जिला देवी शाहका जेठा छोरा हुन विनोद । पारिवारिक पृष्ठभुमिकै कारण राजनीतिमा जोडिएको उनी बताउँछन् ।

‘२ नम्बर वडामा एमाले यसै पनि बलियो छ, हामी अझ बलियो बन्न चाहन्छौँ’, उनले भने । सुशासन कायम गर्दै वडालाई नुमना वडाको रूपमा विकास गर्ने योजना र कार्ययोजना सहित वडाअध्यक्षमा उम्मेदवारी दिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर