RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा कोरोना संक्रमित भन्दा डिस्चार्जको संख्या बढ्यो, ४ सय २२ डिस्चार्ज र ३ सय ४ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०७७, बुधबार १८:४७
441
Shares
विराटनगर / प्रदेश १ मा कोरोना संक्रमित भन्दा डिस्चार्जको संख्या बढेको छ । आज ३ सय ४ जना संक्रमित थपिन्दा ४ सय २२ डिस्चार्ज भएका छन् ।
मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २/२ र प्रदेश १ बाहिरका ७ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन् । मोरङको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७/७, उर्लाबारी र ग्रामथानमा ३/३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १/१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा १०, विर्तामोड र गौरादहमा ४/४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १/१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १/१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा २, इलामको चुलाचुली र स्थानीय तह नखुलेका १/१ र प्रदेश १ बाहिरका ७ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४ सय १ पुगेको छ ।

प्रदेश १ मा आज ४ सय २२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ३४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आईसोलेसन, र बैजनाथपुर आईसोलेसनबाट ७/७, नोवेल अस्पताल र बेलबारी आईसोलेसनबाट ६/६, धाईजन आईसोलेसन केन्द्र र न्युरो अस्पतालबाट ४/४, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आईसोलेसनबाट ३/३, कोभिड १९ आईसोलेसन अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र रंगेली र मेची अस्पतालबाट २/२, इलाम अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १/१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार १ सय १ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर