AArya
animated ellipse animated ellipse

प्रदेश २ मा संक्रमित थपिएसँगै आइसोलेसन व्यवस्थापनमा समस्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ जेष्ठ २०७७, सोमबार १९:५९
3
Shares
जनकपुर / कोरोनाका नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा आइसोलेसन व्यवस्थापन गर्न चुनौति थपिएको छ ।

कोरोना महामारीको उच्च जोखिमको रुपमा हेरिएको प्रदेश २ मा पूर्वतयारी नहुँदा आइसोलेसनका साथै क्वारेन्टाइन व्यवस्थापनमा समस्या आएको हो । आज प्रदेश २ मा एकैपटक ५४ जना कोरोना संक्रमण पुष्टि भएपछि रौतहट, बारा, धनुषालगायतका स्थानमा आइसोलेसन व्यवस्थापनमा समस्या देखिएको छ ।

आज रौतहटको राजपुर फरहदवा नगरपालिकामा २४ र ईशनाथ नगरपालिकाको दुईजनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएका सबैजना भारतबाट फर्कीएका नेपाली हुन । राजपुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत रवीन्द्र झाले उनीहरू सबैजना वैशाख २८ गते भारतको महाराष्ट्रबाट फर्केको बताए । फर्किएलगत्तै नगरपालिकाको वडा नम्बर ३ स्थित बलिया क्वारेन्टिाइनमा राखिएका ९६ जनामध्ये २४ जनामा आज संक्रमण पुष्टि भएको उनले बताए ।

यसैगरी ईशनाथ नगरपालिकामा संक्रमण पुष्टि भएका दुईजनापनि भारतबाट फर्केका हुन । एक दिनमै २६ जना कोरोना संक्रमण पुष्टि भएपछि रौतहटमा आइसोलेसन व्यवस्था गर्न कठिनाइ भएको छ । रौतहट सदरमुकाम गौरस्थित नर्सिङ इन्स्टिच्युटमा निर्माण गरिएको १८ बेडको आइसोलेसन पहिलेदेखि भरिभराउ छ । राजपुर फरहदवा नगरपालिकाका जनस्वास्थ्य अधिकृत रवीन्द्र झाले आफ्नै नगरपालिकाका २४ जना संक्रमित भएपछि उनीहरूलाई व्यवस्थापन गर्न समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर