RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ बाट दैनिक तीनसय बढीको स्वाव परीक्षण हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०७७, शुक्रबार १८:००
27
Shares
विराटनगर / प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ ।

प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । प्रदेश सरकारले कोरोना परीक्षणको मात्रा बढाउँदै लगेको उनले बताए । विराटनगरको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद व्यक्तिको स्वाव परीक्षण शुरु गरिएपछि मन्त्री घिमिरेले आज निरीक्षण गरे । सो प्रयोगशालामा आजदेखि स्वाव परीक्षण शुरु भएको छ । प्रयोगशालाको सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थलगायतले निरीक्षण गरे । २० जना सम्मको सो ल्यावबाट परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताए । उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि क्षमता विस्तार गरिएको बताए ।

धरानमा १ सय बढी र कोशी अस्पतालमा २ सय जनासम्मको परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताए । सो ल्यावमा कोरोना पोजेटिभ रिपोर्ट आएमा पुनः परीक्षण कोशी अस्पतालमा गरिने प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयबेन्द्र यादवले बताए । सो ल्यावबाट यसअघि वर्डफ्ल्यु, स्वाईनफ्ल्यु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उनले बताए । प्रदेश सरकारले पीसीआर मेसिन र किट उपलब्ध गराएपछि पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाबाट स्वाव परीक्षण शुरु गरिएको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर