RUMPUM
animated ellipse animated ellipse

सशस्त्र प्रहरी मिल्स गोल्डकपको उपाधि नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०८१, बुधबार १९:५९
180
Shares
विराटनगर / सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) विराटनगरमा जारी चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आजको खेलमा एपिएफले झापा सुरुङ्गाको कनकाई स्पोर्टिङ क्लबलाई पेनाल्टी सुटआउटमा २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

पेनाल्टी सुटआउटमा एपिएफका लागि दिपेश धिमाल र हरि कार्कीले गोल गरे भने उज्जवल चाम्लिङ गोल गर्न चुके । झापाका अनोज मगर, संजीव रसाइली, रोजन धिमाल र मिरक लिम्बूले गोल गर्न नसक्दा हार व्यहोर्नु प¥यो । प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक सुजन विकले ३ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत भोलीको अन्तिम सेमिफाइनल खेल विराटनगरको पेमा युवा क्लब र विराटनगरकै कोशी प्रदेश प्रहरी कार्यालयबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर