पूर्वाञ्चल खबर
विद्यालय परिसरबाट सुरु भएको उक्त प्रतियोगितामा पुरुष र महिला दुवै विधामा विद्यार्थीहरुको प्रतिस्पर्धा गरेका थिए।
पुरुषतर्फको प्रतिस्पर्धामा पूर्वाञ्चल विद्या सदनका सेसेहाङ्ग लावती प्रथम भएभने मिल्स माविका सागर सखरीया द्वितीय, मिल्स माविकै धिरजकुमार सरवरीया तृतीय, गोदावरी स्कुलका सुजित यादव चौथो र बाल्मीकि स्कुलका राकेश यादव पाँचौँ स्थान हासिल गर्न सफल भए।
छात्रातर्फ विद्या विकास स्कुलकी नुरी खातुनले प्रथम स्थान हासिल गरिन्य भने देवकोटा स्कुलकी वेविशा राजवंशी द्वितीय, मिल्स माविकी आशियाण प्रविण तृतीय, भगवती स्कुलकी नाजीया प्रविण चौथो र भगवती विद्या मन्दिरकी हिरामणी ठाकुर पाँचौँ भइन्।
प्रतियोगिताका विजेताहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरियो। विजयी विद्यार्थीहरूलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर रानाले पुरस्कार वितरण गरेका थिए ।
विद्यालयले आफ्नो ७५ औँ वार्षिकोत्सवको अवसरमा फागुन २ गतेदेखि ८ गतेसम्म हप्ताव्यापी विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। जसअन्तर्गत फागुन ६ गते नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिनेछ। यस्तै, फागुन ७ गते पूर्व विद्यार्थीहरूको पुनर्मिलन, संवाद कार्यक्रम तथा विद्यालयको ऐतिहासिक वृत्तचित्र (डकुमेन्ट्री) सार्वजनिक गर्ने तालिका रहेको विद्यालयले जनाएको छ।
फागुन ८ गते आयोजना हुने मूल समारोह विशेष र ऐतिहासिक हुने बताइएको छ। सो दिन विसं २००९ देखि विद्यालयमा अध्यापन गरााएकी ९४ वर्षीया पूर्व शिक्षिका मणिकला गुरुआमालाई प्रमुख अतिथिको रूपमा रथारोहण गराई नगर परिक्रमा गराइनेछ।
यसपटकको समारोहलाई प्रविधिमैत्री समेत बनाइँदै छ। कार्यक्रममा विद्यार्थीहरूले निर्माण गरेको रोबोटमार्फत प्रमुख अतिथिलाई स्वागत गरिने र ड्रोनबाट समारोहको भिडियो रेकर्ड गरिने विद्यालय प्रशासनले जानकारी दिएको छ।