AArya
RUMPUM
animated ellipse animated ellipse

वाइसिएल कोशीद्वारा श्रम अभियान सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ श्रावण २०८२, बिहीबार १८:४१
54
Shares
धरान / वाइसीएल नेपाल कोशी प्रदेश समितिले श्रम अभियान सुरु गरेको छ ।

वाइसिएल सुनसरीको सहकार्य र वाइसीएल धरान उपमहानगर समिति व्यवस्थापनमा धरानस्थित कालिखोला सामुदायिक वनमा वृक्षारोपण र सरसफाइ गरि अभियानको उदघाटन गरिएको हो ।

प्रदेशको १४ जिल्लामध्ये १० जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु  र उदयपुरमा विभिन्न कार्यक्रम गरि यो अभियान सुरु भएको वाइसिएल कोशीका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए ।

वाइसीएल इलामको आयोजनमा माइ नगरपालिका २–४ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समितिमा सरसफाइ, वक्षारोपण, बेसार रोपन गरिएको छ ।
माओवादी केन्द्र निकट वाईसीएलले आजदेखि देशभर ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान सुरु गरेको हो । ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृक्षारोपण, इँटालगाउने, नाली  सफा गर्ने, चौरको घाँस काटेर अभियानको उद्घाटन गरेका हुन् ।

गत असार १७ र १८ गते बसेको वाईसीएलको पदाधिकारी बैठकले साउन र भदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर