पूर्वाञ्चल खबर
बिहिबार सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । अन्तर ‘हाउस’ प्रतियोगिताको पहिलो दिन कक्षा २ र ३ का हाउसहरुमा प्रतिष्पर्धा भएको थियो । जसमा मेची हाउस प्रथम भएको अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् । यस्तै आज कक्षा ४ र ५ बिच भएको स्पर्धामा भने गण्डकी हाउस प्रथम भएको छ भने, क्रमशः मेची दोस्रो र कोशी हाउस तेस्रो भएका छन् ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय, विज्ञान, गणितलगायका विभिन्न ६ वटा विधामा प्रश्न राख्दै ६ राउण्डमा प्रतियोगिता गराइएको इन्चार्ज डंगोलले बताइन्। विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति विभिन्न कृयाकलापलाई प्राथमिकताका साथ गराउँदै आएको एभरेष्ट स्कुलले शैक्षिक ज्ञानसँगै खेलकुदलाई समेत प्राथमिकता दिँदै आएको छ ।
एभरेष्टका विद्यार्थी समाजका अनेक आयाममा अब्बल भएर निष्कनुपर्न भन्ने आफुहरुको मान्यता रहेको भन्दै प्राचार्य टिकाराम पुरीले विश्वसँग प्रतिष्पर्धी बनाउन नियमित रुपमा विभिन्न किसिमका कार्यक्रमहरु नियमित सञ्चालन हुने गरेको बताए। भौतिक पूर्वाधार सम्पन्न भएको एभरेष्ट स्कुलले शिक्षालाई प्रविधि, सिप र संस्कृतिलाई पनि सँगै जोडेर अध्यापन गराउँदै आएको छ ।