RUMPUM
animated ellipse animated ellipse

विराटनगरको ग्रिनल्याण्ड स्कुलले मनायो अभिभावक दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ फाल्गुन २०८०, आईतवार १४:४७
540
Shares
विराटनगर / विराटनगर – ५ स्थित ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।

स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्याे । स्कुल परिसर भित्र विद्यार्थीहरूले बनाएको विज्ञानसँग सम्बन्धी विभिन्न एक दर्जन बढी प्रर्दशनी रहेको प्रिन्सिपल दीपक पोखरेलले जानकारी दिए । सोही अवसरमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरी सहभागि भएका अभिभावकहरुलाई दिनभरी भरपुर मनोरञ्जन प्रदान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले विद्यार्थीहरूलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए । यस्तै अनमोल स्पेशेल एजुकेसन सेन्टर प्रमुख डाक्टर अर्चना रिमालले एनोजाइटिकको समस्याले बिद्यार्थीलाई स्कुल जान नस्कने समस्या पछिल्लो समय बढदै गएको बताइ् । यस्तो समस्या हुन नदिन अभिावकहरुले विशेष आफ्नो छोराछोरीलाई हेरचार गरिनुपर्ने सुझाब दिइन् ।

कार्यक्रममा विराटनगर महानगरपालिका शिक्षा शाखाका पूर्व  प्रमुख दुर्गाप्रसाद खतिवडाले आफु सेवामा रहँदा का अनुभव सेयर गर्दै विद्यार्थी भाइ बहिनीहरुलगायत अभिभावकहरुलाई विद्यालयका साथै घरमा पनि आफ्ना वालवालकिको सिकाइलाई प्राथमिकता राखनु पर्ने बताए । कार्यक्रममा अभिभावक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो । नर्सरीदेखि कक्षा १२ सम्म  २ हजार विद्यार्थी अध्ययरत रहेको प्रिन्सिपल पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर