AArya
RUMPUM
animated ellipse animated ellipse

रमपम ट्रेड एक्स्पो’को ५ दिनमा लगभग १० करोडको कारोबार, ४० हजार मानिसले गरे अवलोकन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०७८, बुधबार १५:०२
450
Shares
विराटनगर / चैत १८ गतेदेखि विराटनगरमा सुरु गरेको ‘ रमपम ट्रेड एक्स्पो’मा लगभग १० करोडको कारोबार भएको छ ।
मोरङ व्यापार संघको आयोजना भएको एक्स्पोमा ५ दिनमा लगभग ४० हजार मानिसले अवलोकन गरेको मेला आयोजक समितिका संयोजकसमेत रहेका मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले दिएको जानकारी दिए ।

‘आजसम्ममा लगभग ८ देखि १० करोडको कारोबार भएको अनुमान छ,’ उनले भने, ‘एक्ज्याक्ट डाटा आएको छैन, ४ वटा कार, जेनेरेटर तथा डेढ दर्जन बढी इलेक्ट्रिक साइकलको विक्री भएको छ ।’ एक्स्पोमा ८० वटा एसी, ६० वटा कुलर र १०६ वटा सामान्य स्टल रहेका छन् ।

एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै एक्स्पोमा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याएर यसलाई व्यापार र लगानीका सम्भावना खोज्ने थलोका रूपमा स्थापित गर्ने लक्ष्य छ । ‘हामीले गरेको अपेक्षा अनुसार नै एक्स्पोमा मानिसको सहभागिता उत्साहजनक छ,’ बेगवानीले भने, ‘कारोबार पनि लक्ष्य अनुसार पुग्ने देखिएको छ ।’

झण्डै ३ करोड रुपैयाँ खर्च गरेर सुरुवात गरिएको एक्स्पोमा ४५ करोडको कारोबार हुने अनुमान आयोजकको छ । एक्स्पोको प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर