पूर्वाञ्चल खबर
तीन वटा समूहका स्पर्धा मध्ये २ समूहमा कोशी हाउसले उपाधी जितेको छ भने जुनियर समूहमा मेचीले उपाधी जित्न सफल भयो ।
कक्षा ३,४र ५ को जुनियर समूह थियो भने कशा ६ र ७ को एउटा र कक्षा ८ र ९ को अर्को गरि तीन वटा समूहमा मेची, कोशी, गण्डकी र कर्णालीका चार टीमले भाग लिएका थिए ।
जसमध्ये सिनियर टीम तर्फ फाईनल खेलमा कर्णालीलाई १ का विरूद्द २ गोल गर्दै कोशीले उपाधी जितेको हो । कोशीका लागि नरेश न्यौपानेले २ गोल गरे भने कर्णालीको लागि बालकृष्ण भगतले १ गोल गरे ।
कक्षा ६ र ७ को समूहको खेलमा गण्डकीलाई १ का विरूद्द ३ गोल गर्दै कोशीले जित्यो । उपविजेता गण्डकीको लागि जेनिश लामिछानेले १ गोल हरे भने, सक्षम श्रेष्ठले ह्याट्रिक गर्दै कोशीलाई उपाधी जिताए ।
यस्तै जुनियर समूहको फाइनलमा भने मेचीहाउसले शुन्यका विरूद्द ३ गोल गर्दै कोशीलाई उपबिजेतामा सिमित बनाएको बिध्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजन भट्टराईले जानकारी दिए ।
विजेता तथा उपबिजेतालाई बिध्यालयका सह प्राचार्य टीएन भण्डारीले पुरस्कार बितरण गरे।