AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्राविधिक जनशक्ति उत्पादन केन्द्र विकास गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजना वीच सम्झौता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०७९, मंगलवार १८:५३
117
Shares
विराटनगर / औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ती र बजारमा उपलब्ध जनशक्तीका बिचको भिन्नताका कारण उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजना वीच आगामी ३ वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र संचालन सम्वन्धी सम्झौता भएको छ ।

दुवै संस्था वीच भएको सम्झौता अनुरुप उक्त केन्द्रले आगामी दिनमा उद्योगहरुलाई आवश्यक दक्ष जनशक्तीको तथ्यांक संकलन, उद्योगको आवश्यकता अनुरुप तालिम सञ्चालनका लागि प्रदायक संस्थाहरु वीच पुलको भूमिका निर्वाहका साथै समयानुकुल पाठ्यक्रम परिमार्जनका सम्वन्धमा नीतिगत सुझावहरु सम्वन्धित निकायमा दिनेछ । त्यसैगरी यस क्षेत्रका नीजि क्षेत्र, तालिम प्रदायक संस्थाहरु एव नेपाल सरकारका सरोकारवाला निकायहरु बिच निरन्तर सहजिकरण गरि जनशक्ति उत्पादनका सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

दुवै संस्थाको सहकार्यमा गत वर्ष देखि संचालनमा रहेको उक्त केन्द्रले यस क्षेत्रका विभिन्न उद्योग व्यवसायसंग समन्वय गरी अप्रेन्टिसीप मोडेलमा ३३ जना प्रशिक्षार्थीहरुलाई रोजगारीको व्यवस्था गरको छ । संगठन र परियोजनाको समन्वयमा पि.एल.सि., वोईलर अपरेटर, लेथ अपरेटर लगायतका विषयमा एक सय घण्टाको तालिम संचालनका लागि आवश्यक पाठ्यक्रम विकास गरी आगामी दिनमा तालिमहरु संचालन गर्ने तयारी भएको छ ।

दिगोरुपमा औद्योगिक दक्ष जनशक्ती उत्पादनका लागि समन्वय गरी प्रदेश नं.१ कै प्राविधिक जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिई भएको सम्झौतामाउद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्र वहादुर सिंहले हस्ताक्षर गर्नु भएको छ । यसअघि गतवर्ष देखि दुवै संस्थाको सहकार्यमा संगठनमा शिप विकास ईकाई संचालनमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर