AArya
RUMPUM
animated ellipse animated ellipse

माओवादी विराटनगर कमिटीको निर्वाचनमा प्रचण्ड समुहकी न्योपाने ११ मतान्तरले पराजित, देव राजवंशीको प्यानलनै विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ बैशाख २०८२, शनिबार १८:०९
1.46k
Shares
विराटनगर / नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेशकुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ ।

आज सम्पन्न निर्वाचनमा राजवंशीले ४६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत प्राप्त गरिन् ।
यसअघि महानगरको उपाध्यक्ष रहेका राजवंशी अब नयाँ नेतृत्वमा उक्लिएका छन् भने पूर्व सचिव न्यौपाने अध्यक्ष पदको दौडमा पराजित भएकी छिन् । निर्वाचनमा दुई प्रमुख गुटबीच प्रतिस्पर्धा देखिएको थियो ।

एकातिर माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल समूहले राजवंशीको नेतृत्वमा प्यानल बनाएका थिए भने अर्कातिर माओवादी केन्द्रका मोरङ इन्चार्ज कुलप्रसाद साम्बा नेतृत्वको समूहले न्यौपानेलाई अध्यक्ष पदका उम्मेदवार बनाएको थियो । मण्डल माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् भने साम्बा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेताको रूपमा चिनिन्छन् । यसले गर्दा यो निर्वाचन पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनको परिणामस्वरूप महत्वपूर्ण मानिएको छ ।

राजवंशीको समूहबाट उपाध्यक्षहरूमा चन्द्रबहादुर वन ३६ मत, धर्मलाल माझी ३६ मत र सनोजकुमार यादव ४४ मत ल्याई निर्वाचित भए । यसैगरी, सचिवमा सोनु केवट ४२ मत ल्याएर विजयी भए भने सहसचिवमा दिनेशकुमार कामत ३९ मत ल्याएर निर्वाचित भए ।

न्यौपाने समूहबाट उपाध्यक्षका उम्मेदवारहरू केमुना ओडारी(सारदा) , चन्द्रबहादुर वन र शिवराम थन्दारले क्रमशः ३३, ३६ र ३३ मत प्राप्त गरे । सचिवमा मोहमद अजामले ३६ मत र सहसचिवमा भरत गिरी (गोसाइ) ले ३२ मत प्राप्त गरे । सहसचिवकै अर्का उम्मेदवार चम्पा खत्रीले भने जम्मा ७ मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा भने मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

माओवादी केन्द्रको विधान अनुसार, कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ । यस निर्वाचनमा ८१ जना कार्यसमिति सदस्यहरूले मतदान गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष राजवंशीले निर्वाचनपछि दिएको प्रतिक्रियामा भने, ‘पार्टीप्रति विश्वास र जिम्मेवारी दिनुभएकोमा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । हामी सबै मिलेर पार्टीलाई अझ मजबुत बनाउने र विराटनगरको विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर