मिसन ग्रासरुट अभियानः मोरङमा वृृक्षरोपण र सरसफाई

खबर पूर्वाञ्चल, २४ फाल्गुन २०७९, बुधबार १७:४६
117
Shares
विराटनगर / नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत मोरङमा विभिन्न कार्यक्रमहरु एकसाथ सञ्चालन भइरहेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिकामा वृक्षरोपण र सरसफाई अभियान सञ्चालन गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि सम्पन्न गरिएको छ । यस्तै मोरङकै बेलबारी नगरपालिकामा पार्टी सदस्यता नविकरण शिविर सञ्चालन भइरहेको छ ।

एमाले मोरङका अनुसार जिल्लाका १७ वटै पालिकाका वडास्तरमा विभिन्न सामाजिक कार्यसँगै रचनात्मक कामहरु भइरहेको छ । सबै पालिकामा आ–आफ्ना आवश्यकता अनुसारका काम गर्दै जनताका माझमा पुग्ने काम भइरहेको नेकपा एमाले मोरङका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५