१० करोडको लगानीमा विराटनगरमा ‘हाजि आँखा’ अस्पताल संचालन

खबर पूर्वाञ्चल, २६ मंसिर २०७९, सोमबार १८:३३
675
Shares
विराटनगर / विराटनगर १४ रानीमा १० करोड लगानीमा हाजी आँखा अस्पताल संचालनमा आएको छ ।

एक कार्यक्रम आयोजना गरी ५० शैय्याको अस्पताल आज प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले उद्घाटन गरेपछि संचालनमा आएको हो ।

अत्याधुनिक उपकरणहरू जडान गरिएको आँखा अस्पतालमा इटाली प्रविधी फेगोबाट आँखाको शल्यक्रिया हुने गरेको छ । आधुनिक उपकरणहरुबाट अस्पताललमा आँखा सम्बन्धी सम्पूर्ण उपचार हुने गरेको अस्पतालका संचालक शैलेन्द्र महतोले बताए । ‘संचालनमा आएको हस्पिटलमा इटली र जर्मनबाट ल्याएको प्रविधिहरू हामीले भित्र्याएका छौं,’ उनले भने, ‘यहाँ दक्ष चिकित्सकहरूबाट आँखाको सम्पूर्ण उपचार हुने गरेको छ ।’

अस्पतालमा दुई जना नेत्ररोग विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीहरूबाट उपचार हुने उनले बताए । जसमा ३० जना पेरामेडिकल रहेका छन् ।

ओपीडिमा दैनिक २ सय जना विरामी हेर्न सक्ने क्षमताको जनशक्ति र संरचना रहेको हस्पिटलको क्षेत्रफल कुल ९ कठ्ठा रहेको छ । जसमध्ये ४ कठ्ठा क्षेत्रफलमा हस्पिटलको संरचना रहेको छ । चाँडै ४ सय शैय्यामा हस्पिटल विस्तार गर्ने योजना रहेको संस्थापक संचालक तेजलाल कर्णले जानकारी दिए । हस्पिटल उद्घाटन गरिएको अवसर पारेर मंसिर २९ गतेसम्म ओपीडि निःशुल्क र ल्याबमा ५० प्रतिशत छुटको घोषणा गरिएको उनले बताए ।

हस्पिटलमा कम्प्युटराइज मेशीनद्धारा आँखाको जाँच, जलबिन्दुको जाँच तथा शल्यक्रिया, आँखाको ढकनी तथा आशु नली सम्बन्धी सम्पूर्ण शल्यक्रिया, आँखामा मासु पलाएको, गाँठो परेको तथा ट्युमरहरुको शल्यक्रिया, आँखाको कस्मेटिक शल्यक्रिया देखि कृत्रिम आँखा सेवा पनि प्रदान हुने गरकेो छ ।

हस्पिटलको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङ्गले गुणस्तरीय उपचारसँगै सेवाग्राही मैत्री सेवा प्रभाह गरिनुपर्नेमा जोड दिए । ‘हस्पिटल भनेको सेवा मुलक संस्था हो । त्यसैले यहाँ आउने विरामीलाई सेवाको भावले गुणस्तरीय उपचार सेवा प्रभाह गरिनुपर्दछ,’ उनले भने, ‘यहाँ आउने विरामीको मन जित्ने गरी सेवा प्रभाहमा हस्पिटल लाग्नुपर्दछ ।’

कार्यक्रममा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले गुणस्तरीय सेवा प्रदान गरेर विरामीको मन जित्नुपर्नेमा जोड दिए । हाजी आँखा अस्पतालमा ९ जना संचालक रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५