animated ellipse animated ellipse

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ आश्विन २०८१, बुधबार १७:५४
117
Shares
विराटनगर /कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलेले विश्वासको मत पाएका छन् । दुई तिहाई मतसहित उनले विश्वासको मत पाएका हुन् ।

कोशी प्रदेश सभामा आज भएको मत बिभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त गरेका छन् । विपक्षमा १५ मत प्राप्त भएको छ। त्यस्तै नेकपा एस समाजवादीका २ जना सांसदले मतदान गरेनन् ।

आजको सभामा प्रदेश सभामा ८३ जना सांसदको उपस्थिति रहेका थिए । यस अघि मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिएका थिए। गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुन विश्वासको मत लिएका हुन् ।

कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छ्न । नेकपा एमालेका ४० ,नेपाली काग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६ नेकपा एकीकृत समाजबादिका ४ र जसपाको एक प्रदेश सभा सदस्य छ्न । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली काग्रेसको सरकार छ ।

एमाले नेता कार्की पहिलो पटक २०७९ पुस २५ गते मुख्यमन्त्री बनेका थिए । उनले त्यसबेला २०७९ पुस २९ गते नै विश्वासको मत लिएका थिए । संविधानको धारा १६८ को उपधारा (२) अनुसार बनेको उक्त सरकारको पक्षमा एमाले, माओवादी, राप्रपा र जसपाका ५९ सांसदले विश्वासको मत दिएका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरबदल हुँदै काँग्रेस, माओवादी, नेकपा एसलगायतको समीकरण बनेपछि कार्की नेतृत्वको सरकार २०८० असार १४ गते ढलेको थियो । उनले प्रदेशसभामा राखेको विश्वासको मत सम्बन्धि प्रस्तावमा ४६ मत मात्र परेपछि उनी पदमुक्त भएका थिए ।

कार्की पुनः उनी संविधानको धारा १६८ (३) अनुसार २०८० साल भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री बने । तर, विश्वासको मत पाउन नसक्ने देखिएपछि उनले २९ औं दिनमा पदबाट राजीनामा दिएका थिए ।

कार्की पदमुक्त भएपछि संविधानको धारा १६८ (५) अनुसार २०८० असोज २७ गते केदार कार्कीको नेतृत्वमा सरकार बनेको थियो । केदार कार्की नेतृत्वको सरकारलाई विस्थापित गर्दै पुनः हिक्मतकुमार कार्की २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यसरी प्रदेशसभाको २ वर्षको अबधिमा कार्की ३ पटक मुख्यमन्त्री भएका छन् भने ३ पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर