animated ellipse animated ellipse

विराटनगरमा संक्रमित बढदै, कुन वडामा कति ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ भाद्र २०७७, बुधबार २०:२०
4.59k
Shares
विराटनगर/ प्रदेश १ को राजधानी रहेको शहर विराटनगरमा कोरोना संक्रमण दिनप्रतिदन बढदै गएको छ ।

विराटनगर भित्र पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० रहेका छन् । ५२ नयाँ संक्रमित थपिएसँगै विराटनगर महानगरपालिका भित्र संक्रमितको संख्या ७ सय ४३ जना पुगेका छन् । विराटनगर भित्र ९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

बुधबार थपिएका संक्रमित मध्ये सबैभन्दा बढी विराटनगर २ मा देखिएको छ । सो वडामा ५ पुरुष र ४ महिला गरि ९ जना संक्रमित रहेको सामाजि विकास मन्त्रालयले जनाएको छ । विराटनगर ५ मा पाँच पुरुष र ३ महिला गरि ८ जना रहेका छन् । विराटनगर ६ र ८ वडा भित्र ६÷६ जना संक्रमित रहेका छन् । विराटनगर १५ मा ३ महिला र १ पुरुष गरि चार जना र विराटनगर १३ मा तीन जनालाई संक्रमण देखिएको छ ।

यस्तै विराटनगर १, ३, ९, ११ र १७ वडामा २/२ जना संक्रमित थपिएका छन् । विराटनगर ४, ७, १२, १४ र १६ मा १/१ जना संक्रमित रहेका छन् । एक जना संक्रमित वडा नखुलेको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर