animated ellipse animated ellipse

एमाले गठबन्धनमा जबरजस्ती घुसेको हो ‘यो सरकार गठबन्धनको हो ’ : आङ्बो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ कार्तिक २०८०, बुधबार १७:४५
153
Shares
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो
विराटनगर / नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश सरकारबाट एमाले चाँडै बाहिरिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि आज प्रदेशसभा बाहिर पत्रकारहरुसँग कुुरा गर्दै आङ्बोले एमालेले गठबन्धनको कमजोरी र सरकार गठनसम्बन्धी संविधानको व्यवस्थामा टेकेर सरकारमा पुगेको बताए ।

आफूहरुले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निसर्त मत दिएको भन्दै आङ्बोले गठबन्धनको समस्या समाधान भइसकेकोले एमालेसँग राजनीतिक नैतिकता बाँकी छ सरकारबाबाट बाहिरिनुपर्ने टिप्पणी गरे । ‘गठबन्धनमा जबरजस्ती घुसेको ऊ सरकारबाट बाहिरिनु पर्छ,’ उनले भने, ‘यो सरकार गठबन्धनको हो ।’

प्रदेशसभाको बैठकमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधि रोक्न केदार कार्कीलाई समर्थन गरेको दावी गरेका थिए । गठबन्धनकै कारण सरकार निर्माणको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ५ मा पुगेको आरोप लगाउँदै उनले त्यसमा एमाले दोषी नभएको जिकिर गरे ।

गठबन्धनले सरकार बनाउन नसक्ने र बनाएपनि टिक्न नसक्ने प्रमाणित भइसकेकोले आफूहरुले मध्यावधि रोक्न कार्कीलाई समर्थन गर्दा यसलाई विथोल्ने प्रयास भइहरेको उनको भनाइ थियो । गठबन्धनको नामा फेरि पनि जबरजस्ती गरे मध्यावधिको जोखिम रहेको भन्दै उनले एमाले र काँग्रेस मिलेर सरकार चलाउने धाराणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर