खबर पूर्वाञ्चल
स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरि आटिफिसियल ईन्टिलेजन्स र कोडिङ रोबटिक्स प्रर्दशनी आयोजना गरिएको हो ।
जेभियर्स स्कुलमा भएको प्रविधिमैत्री प्रर्दशनी कोशी प्रदेशमा पहिलो पटक भएको स्कुलका भाइस प्रिन्सिपल जनक ढकालले बताए । प्रर्दशनीमा ३० जना विद्यार्थीले १२ वटा स्टलहरु राखेका थिए ।
दुरशिक्षाको प्राविधिक सहयोगमा उक्त प्रर्दशनी भएको हो । दुरशिक्षाबाट आएका शिक्षकहरुले एक हप्ता सम्म तालिम दिएपछि जेभिर्यस स्कुलका विद्यार्थीहरुले ४८ वटा विभिन्न आइटिसँग सम्बन्धी बस्तुहरु बनाएका छन् । ४८ मध्ये आज भएको प्रर्दशनमीमा १२ वटा स्टल राखेका थिए ।
प्रर्दशनीमा रोबट, पानी ओभर फ्लो हुँदा कसरी बन्द हुने, ग्यास लिंक हुँदा कसरी बच्नेलगायतका बस्तुहरु प्रर्दशनमा राखेको स्कुलले जनाएको छ ।
कोशी प्रदेशमा पहिलो पटक भएको प्राविधिक प्रर्दशनी प्रत्येक महिना गर्ने स्कुलका भाइस प्रिन्सिपल ढकालले बताए ।
विद्यार्थीहहरुलाई प्रविधिसँग जोडनुको साथै प्रविधिमैत्री बनाउन यस्तो प्रर्दशन गरिएको उनले बताए । कक्षा तीन देखि कक्षा १० सम्मका विद्यार्थीको सहभागि छ । कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा ८ सय ४५ बढी विद्यार्थी अध्ययरत रहेका छन् ।