AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा मन्त्रालय फुट्दैन : मुख्यमन्त्री कार्कीकोशी प्रदेशमा मन्त्रालय फुट्दैन : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ भाद्र २०८१, आईतवार १७:२२
54
Shares
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन् ।

आज दिउँसो विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताए।

काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि काँग्रेसका नेताहरुसँगपनि मन्त्रालय नफुटाउने कुराकानी भएको बताए ।

उनले भने –‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र काँग्रेसले ४ मन्त्रालय लिन्छ ।’ मुख्यमन्त्री कार्कीले एक दुई दिनभित्रैमा मन्त्रिपरिषद बिस्तार हुने जानकारी दिए। काँग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद बिस्तार हुने मुख्यमन्त्री कार्कीको भनाइ छ । तर राज्यमन्त्री भने थप्न सक्ने उनको संकेत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर