AArya
RUMPUM
animated ellipse animated ellipse

प्रविधिमा रुपान्तरण आवश्यक : प्रदेश प्रमुख अधिकारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०७७, शुक्रबार १८:४८
234
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवश्यक रहेकोमा जोड दिएका छन् । उनले प्रविधिको रुपान्तरण विना जनताको जीवनस्तर उकास्न नसकिने बताए ।

प्रदेश प्रमुख अधिकारीले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवश्यक रहेको बताए । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि संवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको आज शुभारम्भ गर्दै प्रदेश प्रमुख अधिकारीले सो कुरा बताएका हुन् । उनले शिक्षकलाई प्रविधिप्रेमी बन्न आग्रह समेत गरे । सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिष्पर्धी बन्न प्रदेश प्रमुख अधिकारीले आग्रह गरे । पछिल्लो समय शिक्षा सहि दिशामा नगएको भन्ने चिन्ता देखिएकाले सहि दिशामा ल्याउन आग्रह गरे ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै विद्यालय चाँडै प्रविधिमैत्री बन्ने बताए । १० वर्षभित्रमा किताव र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान भएपनि २–४ वर्ष भित्रमा सवै विद्यालय प्रविधिमैत्री बन्ने उनको भनाई छ । १ हजार ३ सय बढी विद्यालयमा प्रदेश सरकारको लगानीमा कम्प्युटर ल्याव निर्माण गरिसकिएको मन्त्री घिमिरेले बताए । प्रत्येक स्थानीय तहका १ सय शिक्षक प्रविधिमैत्री बन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रत्येक स्थानीय तहका १ सयले सूचना प्रविधि सम्वन्धि तालिम लिएपछि अन्य शिक्षकलाई पनि सिकाउने छन् ।’

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालिम पछि विद्यालयको पठन पाठनमा ठुलो परिवर्तन आउने बताइन् ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालयहरु सूचना प्रविधि मैत्री हुन आवश्यक रहेकोमा जोड दिए । शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्य सहित तालिम शुरु गरिएको सचिव कार्कीले बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालिम गत असोज १५ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षक सहभागि छन् । दोश्रो चरणको तालिम आजदेखि शुरु भएको छ । दोश्रो चरणका तालिममा १० वटा स्थानीय तहका १ हजार शिक्षक सहभागि भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर