AArya
RUMPUM
animated ellipse animated ellipse

गोसाइँकुण्डमा बेपत्ता मोरङका दुई युवाको शव भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ श्रावण २०८२, सोमबार १३:१४
270
Shares
विराटनगर / रसुवाको गोसाँईकुण्डमा नुहाउने क्रममा डुबेका विराटनगर र बेलबारीका दुई जना युवाको शव भेटिएको छ ।

गोसाँईकुण्ड नुहाउने क्रममा विराटनगर महानगरपालिका ३ का २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपानको डुबेर मृत्यु भएको पुष्टि भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनीहरु आइतबार नुहाउने क्रममा डुबेका थिए । प्रहरीले खोजतलासपछि उनीहरुको शव आज विहान १० बजे फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिले घटनास्थल वस्तुस्थिति मुचुल्का तयार पार्ने काम भईरहेको छ ।

उनीहरुको शवलाई गोसाँईकुण्ड गाउँपालिका–५ मा बाट धुन्चे ल्याएपछि मृतकका परिवारसँग सम्पर्क गरेर बुझाउने प्रहरीले जनाएको छ । मृतक ढकाल र न्यौपानेसहित १३ जना युवाहरु गोसाइकुण्ड पुगेका थिए । उनीहरु डुबेपछि बाँकी साथीहरु त्यहिं रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर