विराटनगरलाई दोस्रो ठूलो शहर बनाउछु : प्रमुख कोइराला

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७९, आईतवार १९:०८
972
Shares
विराटनगर / विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर लाई मुलुकको दोश्रो ठूलो शहरको रुपमा विकासित गर्ने लक्ष्यको साथ काम गर्ने बताएका छन् ।

एकता समाज विराटनगरद्वारा आज आयोजित महानगरप्रमुख, उपप्रमुख एवं जनप्रतिनिधिहरुसँग विकास, शिक्षा र सरसफाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख कोइरालले महानगरको गुमेको शाख पुनः स्थापित गर्नका साथै सफा, सुन्दर र हराभरा, सन्दर एवं शिक्षित शहर बनाउने उद्देश्यले सबैको सहयोगका साथ काम गर्ने प्रतिवद्धता जनाए ।

उनले जनप्रतिहरुले पार्टी भन्दा माथि उठेर नागरिकको सेवा सुविधा सहजरुपमा उपलव्ध गराउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।
उपप्रमुख शिल्पा निराला कार्कीले महिला सशक्तिकरणका महिला स्वरोजगार र सुरक्षित सहर निर्माण गर्नेतर्फ ध्यान केन्द्रीत रहेको बताइन् ।
एकता समाजका अध्यक्ष सञ्जय नेपाल, वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र इन्द्र खतिवडाले वडाको भित्र रहेको नहरलाई पर्यटकीय स्थलको रुपमा शौन्दर्यकरण गर्न निजी क्षेत्रको सहयोगमा कार्य गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५