AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

झापा र सुनसरीबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ आश्विन २०८०, मंगलवार २१:०२
207
Shares
विराटनगर / झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे ९ बजे झापाको दमक नगरपालिका– १ स्थित एक होटलको कोठा भाडामा लिई बसेका दमक नगरपालिका– ५ का ३० बर्षीय कृष्ण बहादुर श्रेष्ठ, दमक– ९ का २० बर्षीय ईरास लिम्बु र मोरङ रतुवामाई नगरपालिका– ४ का २२ बर्षीय मित्रलाल राजवंशीलाई १ ग्राम ब्राउनसुगर र नाईट्राभेट १५ ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका– २ का १९ बर्षीय मुकेश यादब, २१ बर्षीय चन्दन कुमार यादब र संजय कुमार यादबलाई लागूऔषध सहित ईनरुवा नगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर