खबर पूर्वाञ्चल
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यहरु क्रमशः काठमाण्डौका डा. सीताराम बस्नेत, सोलुखुम्वुका किशोरकुमार राई र मोरङकी नमिता न्यौपानेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
समारोहमा प्रदेशका विभित्र मन्त्रालयका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु,प्रदेश योजना आयोगका उपाध्यक्ष लगायत कर्मचारी, विभिन्न मन्त्रालयका कर्मचारी एवं मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।