खबर पूर्वाञ्चल
विराटनगरमा आज पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने सवालमा कुनै पनि कसुर बाँकी नराखिने बताएका हुन् ।
मान्छेका ज्यान गएकादेखि लिएर केही अपराधिक घटनाको अनुसन्धान मोरङमा यस अघि पूरा नभएकाले सबै पक्षको सहयोग लिएर आफ्नो कार्यकालमा अपराध नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थामा लगि पर्ने उनले बताए । सबै क्षमता र विज्ञता शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन र अपराध नियन्त्रण एवं अनुसन्धानमा खर्चिने उनले बताए । कोही कसैले पनि प्रहरीमाथि प्रश्न गर्ने वातावरण नबनाउने हिसाबमा काम गर्ने एसपी खड्काले बताए । उनले कानुनी व्यवस्थाको अधिनमा रहेर अशल शासन स्थापित गर्ने गरी प्रहरीले काम कारबाही अघि बढाउनुपर्नेमा जोड दिए ।
मोरङलाई भारतसँग सीमा जोडिएको र सुरक्षाका हिसाबले निक्कै संवेदनशिल जिल्लाका रुपमा आफूले लिएको उनको भनाइ छ । प्रदेश १ को राजधानी पनि भएकाले विराटनगरको वस्तुस्थिति र शान्ति सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय चासो रहने हुँदा त्यही हिसाबमा प्रहरीको काम कारबाही अघि बढाइने एसपी खड्काले बताए । अन्तर्राष्ट्रिय नजर पर्ने भएकाले पनि मोरङको शान्ति सुरक्षाको सवालमा सधैं चनाखो हुनु पर्ने कुरामा आफू सजग रहेको एसपी खड्काले बताए ।