AArya
RUMPUM
animated ellipse animated ellipse

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ पुजा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ कार्तिक २०८२, आईतवार १०:०२
36
Shares
विराटनगर/ सूर्य आराधनाको पर्व छठको दोस्रो दिन आज उमंगका साथ ‘खरना’ पुजा मनाउने प्रचलन छ ।

तराई मधेशमा धुमधामका साथ मनाईने यो पर्बमा ब्रतालुले पहिलो दिन शनिबार विहान नुहाएर शाकाहारी भोजन ग्रहण गरी ब्रत सुरु गरेका थिए । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ ।

विहानैदेखि भाडाकुडा र घरआँगनको सरसफाइ सुरु हुन्छ । पुजाकालागि ब्रतालुले घरको सबैभन्दा शान्त कोठालाई लिपपोत गरी भूइँमा केराको पातफिजाएर त्यसमाथि खिरपुरी र केरा राख्छन् । धुपदीप बालेर चन्द्र, सूर्य एवं भगवानसूर्यकै भगवती रुप मानिने छठी माताको मौन पुजा गर्छन् । खरना भनिने यो पुजा विधि सम्पन्न भएपछि ब्रतालुले सबैभन्दा पहिले प्रसाद ग्रहण गर्छन् । वरिपरि उपस्थित सबैलाई थोरथोर बाँडछन् ।

छठ पुजाको तेस्रो मुख्य दिन अगाडिको यो एक महत्वपूर्ण धार्मिक विधि हो । यसमा साँझपख पकाइएकै ताजा प्रसाद तुरुन्तै खान पाइने हुनाले यसको अझ बढि महत्व छ । यो पुजापछि ब्रतालुको कठिन निर्जला उपवास सुरु हुन्छ ।सूर्यदेवको पुजाका लागि सोमबार बेलुकी र मैगलबार विहान सपरिवार घरबाटआफूलाई पायक पर्ने जलासय किनार पुग्छन् । स्थानीय भाषामा यसलाई क्रमशःसझिया घाट र भोरका घाट भनिन्छ । मंगलबार विहान उदाउँदो सूर्यलाई पुजागरेपछि पर्व समापन हुन्छ । अर्घ दिने, ब्रतालुको आशीष लिने एवं पुजा समापन पछि ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद माग्न आएकाको घाटमा घुइँचो लाग्छ । विपन्नदेखि सम्पन्न वर्गले असिम श्रद्धाका साथ प्रसाद माग्ने, ब्रतालुले बाँडने एवं मुख्य उपासकको पाउ छोएर आशीष लिने क्रम घाटदेखि घरसम्म चलिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर