पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ३७९ जनामा संक्रमण पुष्टि, ३५८ जना संक्रमण मुक्त र ५ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, ३१ जेष्ठ २०७८, सोमबार १७:२५
1.22k
Shares

विराटनगर / पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ३७९ जना कोरोना संक्रमण पुुष्टि भएको छ भने ३५८ जना संक्रमण मुक्त भएका छन ।

झापामा १४५, सुनसरीमा ९९, मोरङमा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, कचनकवल र बुद्धशान्तिमा ६–६, कमल गाउँपालिकामा ५, मेचीनगर र बा¥हदशीमा ३–३, हल्दिबारीमा २, गौरादह, शिवसताक्षी, कनकाई र झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१, सुनसरीको इनरुवामा ४३, इटहरीमा २२, धरानमा २१, दुहवी र स्थानीय तह नखुलेका ४–४, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा १–१, मोरङको विराटनगरमा ५६, पथरीशनिश्चरेमा १०, कटहरीमा ६, उर्लाबारीमा ५, बेलबारी र बुढीगंगामा ४–४, जहदामा ३, लेटाङ, सुन्दरहरैचा, सुनबर्षी र ग्रामथानमा २–२, केराबारी र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संखुवासभाको चैनपुरमा १०, खाँदबारी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाख्रिबासमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ५७ पुगेको छ । संक्रमित भएका मध्ये ४९ हजार २३७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७६८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्ले २४ घण्टामा प्रदेश १ भर संक्रमणबाट ५ जना मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३१५ महिला र ७३७ जना पुरुष गरी १०५२ पुगेको छ ।

मृत्यु हुनेमा झापाका २ जना, मोरङ र सुनसरीका र प्रदेश १ बाहिरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विराटनगरको नोवेल शिक्षण अस्पतालमा सवैभन्दा धेरै २ जनाको मृत्यु भएको छ भने विराटनगरकै कोशी कोभिड उपचार, बुढीगंगा गापाका रहेको विराट शिक्षण अस्पताल र अन्य आइसोलेनसमा १–१ जना संक्रमितको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५