AArya
animated ellipse animated ellipse

गुरुकुलमा आजदेखि ‘दाय कन्तुर’मञ्चन(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७८, आईतवार २०:२२
1.25k
Shares
नाटकमा अभिनय गर्दै विराटनगरकी हास्य कलाकार संगीता यादव । तस्वीर : पुुष्पराज थपलिया
विराटनगर / आरोहण गुरुकुल विराटनगरमा आजदेखि नाटक ‘दाय कन्तुर’ मञ्चन भएको छ ।

भारतीय वरिष्ठ नाटककार दयाप्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ आजदेखि ७ दिन मञ्चन हुने भएको हो । नेपाली समाजमा पनि व्याप्त अंशप्रथाको पारिवारिक झमेलालाई व्यङ्ग्यात्मक शैलीमा नाटकमा प्रस्तुत गरिएको छ ।

प्रदेश १ का नाट्य समूहहरुबीचसहकार्यको अभ्यास स्वरुप विभिन्न समूहमा सक्रिय रंगकर्मी तथा युवाहरुलाई समावेश गराई १५ दिनमा नाटक तयार पारिएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

नाटकमा अरोहण गुरुकुल विराटनगरका विकास पराजुली, देवेन्द्र यादव, अनिल खत्री, कलालय इटहरीका प्रज्वल दुलाल, जीवन बस्नेत, सिनेकर्मी संगिता यादव, युवा अभियन्ता समिक्षा दाहाल, अनुपमा बास्तोला, अमन धमला, अनु भट्टराई, गणेश साहले अभिनय गरेका छन् । भरत कार्की र निर्मल शर्माले प्रकाश र ध्वनी संयोजन गरेका छन् ।तस्वीरहरु पुष्पराज थपलिया

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर