पछिल्लो मत गणना अनुसार ३१०० मत गन्दा कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न् । यस्तै नेकपा एमालेका उम्मेदवार सागर थापाले ७७४ मत पाएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवको २७७ मत ल्याए ।
महानगरको उपमेयरमा भने एमालेकी शिल्पा निराला कार्कीले ८५३ मतसहित अग्रता कायम गरेकी छिन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले ५४४ मत प्राप्त गरेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने भने १६८ मत ल्याइन् ।
१ लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगरमा ८९ हजार ७८९ मत खसेको थियो । अहिले विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना भइहरेको छ ।
तपाईको प्रतिक्रिया