पूर्वाञ्चल खबर
मोरङले आज मधेश प्रदेशको सिरहालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

७२ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १० दशमलव १ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङकी टिका साहले सर्वाधिक ३३ रनमा नटआउट भइन् । सिरहाकी अर्चना महतोले सर्वाधिक २ विकेट लिइन् । फाइनल खेलको वुमन अफ द फाइनल मोरङकी अलराउण्डर खेलाडि टिका साह घोषित भइन् भने वुमन अफ सिरिज मोरङकी कप्तान सानु राजवंशी भइन् । सानु प्रतियोगिताको उत्कृष्ट ब्याटर समेत भइन् । उत्कृष्ट बलर सिरहाकी चन्द्रीका साह र प्रतियोगिताको उदयमान खेलाडि मोरङकी पूर्णीमा राजवंशी भाषित भइन् ।
विजयी तथा अन्य खेलाडिलाई प्रमुख अतिथि आइसिसिको टुइठर प्रशिक्षक सारा वेग, एमसिसि फाउण्डसन इंग्ल्याण्डका एन्गुइस वेरी, क्रिकेट विथ बाउण्ड्रीज इंग्ल्याण्डका प्रमसख लि बुथ, तत्कालिन पूर्वाञ्चल क्रिकेट विकाश सिमितको उपाध्यक्ष नन्दु राठी, आयोजकका अविशेक श्रेष्ठ र नेपालकी कप्तान रुविना क्षेत्रीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।
फाल्गुन २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागि रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।
लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलमा खेलेका थिए ।