AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुलुकको स्थायीत्वका लागि कांग्रेस–एमाले गठबन्धन : एमाले व्रिष्ठ उपाध्यक्ष पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०८१, बुधबार १६:४५
36
Shares
विराटनगर / नेकपा एमालेका व्रिष्ठ नेता इश्वर पोखरेलले मुलुकको स्थायीत्वका लागि नेपाली कांग्रेस र एमालेको वीचमा गठबन्धन गरिएको बताउक्ँ छन्् ।

नेकपा एमाले मोरङले पार्टी कार्यालय पाञ्चालीमा आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा नेता पोखरेलले सो कुरा बताएका हुन्। उनले मुलुकलाई थप संकटमा फस्न नदिनका लागि दुई ठुला पार्टीहरु मिलेर सरकार गठन गरिएको बताए ।

कांग्रेस र एमालेवीचको सहकार्य राष्ट्रलाई संकट पर्दा हुने गरेको उनको भनाई छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘ नेपाली कांग्रेस र एमालेवीच मुख्यगरि २०३६, ०४६, ०६२ र संविधान जारी गर्दा सहकार्य भएको छ ।’ दुई पार्टीवीचको सहकार्य आगामी २०८४ सम्म रहेको उनले बताए।

नेता पोखरेलले भने,‘ निर्वाचनमा हामी एक्ला एक्लै लड्ने छौं ।’एमालेको यात्रामा जहिल्यै चुनौति आउने गरेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई छ । एमालेले हरेक चुनौतीलाई पार लगाउँदै अघि बढ्ने गरेको उनको भनाई छ ।

कार्यक्रममा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश अध्यक्ष घनस्याम खतिवडा लगायतले नेताहरुले बोले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर