AArya
RUMPUM
animated ellipse animated ellipse

फूलबारीले उठायो रथथात्रापछि विराटनगको फोहर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०८३, आईतवार ०८:०६
3
Shares
विराटनगर / नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले विराटनगर आइतबार सम्पन्न भएको ऐतिहासिक रथथात्रापछि विराटनगमा भएको फोहर उठाएको छ ।

रथयात्रामा भक्तजनको लागि विभिन्न संस्थाले पानी र जुसलगायत निशुल्क वितरण गर्दै विराटनगरको सडकमा पानीका वोतल,गिलासलगात फोहर नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले उठाएको हो ।

राधाकृष्ण रथयात्रालाई लक्षित गरी विराटनगरका विभिन्न स्थानमा पसल तथा अस्थायी व्यापारिक स्टलसमेत सञ्चालन गरिएका थिए। ती पसल तथा स्टलबाट उत्पादन हुने फोहोरलाई पनि व्यवस्थित रूपमा राख्न र जथाभावी नफाल्न सरसफाइ सन्स्थाले आग्रह गरेको थियो ।

नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रालि,ले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको राधाकृष्ण रथयात्रालाई स्वच्छ, व्यवस्थित तथा वातावरणमैत्री बनाउन सरसफाइमा विशेष ध्यान दिइएको थियो । संस्थाले रथयात्राको पछिपछि नै सरसफाइ टोली परिचालन गरी फोहोर संकलन गर्ने र रथयात्रा सम्पन्न भएसँगै विराटनगरलाई सफा बनाउन काम गरेको फूलबारीका कार्यकारी निर्देशक उमेश कटवालले जानकारी दिए।

फूलबारीले निशुल्करुपमा फोहर उठाएको फूलबारीका उमेश कटुवालले बताए । उनका अनुसार शानिवार राती ११स्१४ बजेसम्मलगायर रथ गुडेको सडकमा भएको सवै किसिमका फोहर उठाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर