RUMPUM
animated ellipse animated ellipse

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ मंसिर २०८०, शुक्रबार ०८:४१
612
Shares
विराटनगर / नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशीको आयोजनामा बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याइएका मुख्यमन्त्री केदार कार्कीले भने डेढ घण्टा ढिलो पुगेर सम्बोधन गर्न नपाइ बाहिरिनुपरेको आजको हाम्रोमत दैनिकले छापेको छ ।

ढिलो पुगेका मुख्यमन्त्री कार्कीले आफ्ना कुरा नसुनी भाषण मात्र गर्न खोजेको भन्दै दूध किसान र व्यवसायीहरुले उनीविरुद्ध नाराबाजी नै गरे ।

प्रदेश सरकारको कृषि मन्त्रालयकै सहयोगमा आयोजित कार्यक्रम ११ः३० बजेलाई राखिएको भएपनि मुख्यमन्त्री कार्की करिब १ बजे पुगेका थिए । त्यसपछि कार्यक्रम उद्घाटन गरेर एउटा कार्यपत्र प्रस्तुत भएपछि आयोजकले मुख्यमन्त्रीको कार्यव्यवस्तता रहेको बताउँदै मन्तव्यका लागि बोलाएको थियो ।

मुख्यमन्त्रीले आफ्नो कुरा नसुनी भाषण मात्र गर्नखोजेको भन्दै दुग्ध व्यवसायीले ‘हाम्रो कुरा सुन्नुपर्छ’ भन्दै हो–हल्ला गरे । पोडियममा पुगेका मुख्यमन्त्री कार्कीले आफू व्यस्त रहेको र मुख्य समस्या के हो १–२ जनाले सिधै राख्न आग्रह गरे ।

तीन जना व्यवसायीले कुरा राखिसकेपछि मुख्यमन्त्रीले ‘मैले कुरा बुझें’ अन्य प्रश्नकर्तालाई रोक्न खोजेपछि होहल्ला बढ्यो । मुख्यमन्त्रीले सबैको कुरा सुन्नुपर्ने भन्दै नाराबाजी सुरु भयो । मुख्यमन्त्री कार्कीविश्रद्ध मुर्दावादको नारासमेत लागेपछि उनी कार्यक्रमलाई सम्बोधन नगरी बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर