AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०८३, आईतवार ०७:५०
3
Shares
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित आफनै निवासबाट पक्राउ गरेको हो।

पक्राउको कारण र उनीमाथि लागेको आरोपबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन प्रधानन्यायाधीशविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।

जबराको पक्राउबारे प्रहरी तथा सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर