AArya
RUMPUM
animated ellipse animated ellipse

तेली कल्याण समाज नेपालको कार्य समिति चयन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ असार २०८०, शनिबार १७:५६
1.6k
Shares
विराटनगर / तेली कल्याण समाज नेपालले नयाँ कार्य समिति चयन गरेको छ ।

आज विराटनगरमा साह समाज (तेली) समितिका संस्थापक अध्यक्ष अशेश्वर साहको भेलाले समिति विघटन गर्दै सत्यनारायण साहको अध्यक्षतामा तेली कल्याण समाज नेपालको समिति चयन गरेको हो ।

सत्यनारायणको अध्यक्षतामा ११ जना पदाधिकारी र ३ जना सल्लाहकार गरि तेली कल्याण समाज नेपाल अन्तर्गत विराटनगर वडा १२ समिति गठन गरेका छन् ।

समितिको उपाध्यक्षमा वैद्यनाथ्र साह, सचिवमा शिवशंकर साह, सह–सचिवमा विष्णु साह, कोषाध्यक्षमा रुवी साह, सह–कोषाध्यक्षमा अजय साह र सदस्यहरुमा राजकुमार साह, शिलाकुमारी साह, गंगा साह, राजेश साह, र १ जना पछि मनोनित गर्ने गरि रहेका छन् । महेशप्रसाद साह, ज्ञानेन्द्र साह र रामप्रसाद साहलाई सल्लाहकारमा चयन गरेको छ ।
समाजका जिल्ला अध्यक्ष डा.बालकृष्ण साहको प्रमुख अथित्यमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर