AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड तीज फोटो प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ आश्विन २०८३, मंगलवार १८:२५
3
Shares
विराटनगर/ विराटनगर–८ मा रहेको ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलआयोजनामा हरितालिका तीजको अवसर पारेर सञ्चालन गरिएको ‘ग्रेडेड तीज फोटो प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ।

विद्यालयले भदौ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा नर्सरी, जेकेजी र एसकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा कुल ५१ जना अभिभावक सहभागी भएका थिए।

सामाजिक सञ्जालमा विद्यालयले प्रकाशित गरेको प्रतियोगितात्मक पोस्टमा प्राप्त लाइक तथा शेयरको संख्याका आधारमा उत्कृष्ट पाँच विजेता छनोट गरिएको विद्यालयले जनाएको छ। प्रतियोगितामा माला राजवंशीले प्रथम, सरु भट्टराईले द्वितीय, करुणा श्रेष्ठले तृतीय, सुनिता राजवंशीले चतुर्थ तथा लक्ष्मी सिंहले पाँचौँ स्थान हासिल गरेका छन्।

विजेतालाई आज विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका छन्।

पुरस्कार वितरण कार्यक्रममा प्रधानाध्यापक सुवालले विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अभिभावकको सक्रिय सहभागिताले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ हुने बताउँदै आगामी दिनमा पनि अभिभावकलाई केन्द्रित गर्दै विभिन्न सिर्जनात्मक तथा सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर