AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज ४ जना कोरोना मुक्त हुँदा थपिए ५७७ संक्रमित, विराटनगरमा मात्र १ सय ५४ संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०७८, बुधबार २०:११
513
Shares
विराटनगर / प्रदेश १ मा आज ४ जना कोरोना मुक्त हुँदा ५७७ जना कोरोना संक्रमित पुष्टि भएको छ । मोरङमा १ सय ९६, झापामा १७८, सुनसरीमा १ सय १, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुष सहित १ सय ५४, सुन्दरहरैचामा ११, कटहरीमा ७, पथरीशनिश्चरेमा ६, कानेपोखरीमा ४, उर्लाबारीमा ३, बेलबारी, धनपालथान र जहदामा २–२, रंगेली, लेटाङ, मिक्लाजुङ, ग्रामथान , स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा ३२, कनकाईमा १४, मेचीनगरमा ११, अर्जुनधारा र कमलगाउँपालिकामा ९–९, स्थानीय तह नखुलेका ६, गौरादहमा ५, शिवसताक्षी र झापा गाउँपालिकामा ४–४, बुद्धशान्ति र कचनकवलमा ३–३, हल्दिबारीमा २, सुनसरीको धरानमा ६०, इनरुवामा १८, इटहरीमा ९, बराहक्षेत्रमा ३, बर्जु, दुहवी र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, गढी, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १–१,

धनकुटाको धनकुटा नगरपालिकामा १६, छथर र स्थानीय तह नखुलेका २–२, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको इलाम नगरपालिकामा ९, रोङमा ५, देउमाईमा २, स्थानीय तह नखुलेको १, संखुवासभाको चैनपुरमा ४, धर्मदेवीमा ३, चिचिलामा १, उदयपुरको त्रियुगा र रौतामाईमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर र पौवादुङ्मामा २–२, पाँचथरको मिक्लाजुङ, कुम्मायक, याङवरकमा १–१, खोटाङको जन्तेढुङ्गामा १, ताप्लेजुङको फुङलिङमा १, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार १२९ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ९० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ११ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३२१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२५ महिला र ३५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर