ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शनिबारदेखि शुरु हुने एमालेको मोरङको १० औ जिल्ला अधिवेशनको तयारी पुरा, उद्घाटन अध्यक्ष आलीले गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०८१, बिहीबार १९:००
7.53k
Shares
विराटनगर / यही फाल्गुण १७, १८ र १९ गते हुने नेकपा एमालेको मोरङको १० औ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।

एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी पूरा भएको जानकारी दिए ।  शनिबारदेखि विराटनगरमा हुने एमाले मोरङको जिल्ला अधिवेशनको एमालेका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्ने भएका छन् ।

अधिवेशनको उद्घाटन फाल्गुण १७ गते दिनको ११ बजे, होटल मनास्लुमा हुनेछ । यस्तै १८ गते विहान ७ बजेदेखि दिउँसो १२ वजेसम्म राजनीतिक, सांगठनीक, आर्थिक प्रतिवेदन र मोरङको समृद्धिका लागि दिग्दर्शन उपर छलफल र पारित गर्ने, १८ गते १ बजेदेखि निर्वाचन आयोगको कार्यतालिका अनुसार निर्वाचन कार्य सञ्चालन गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।

यस्तै १९ गते निर्वाचनकाे कार्यतालिका रहेकाे छ । एमालेले अधिवेशन बन्दशत्र सञ्चालनको लागि पार्टी केन्द्रीय कमिटी सदस्य जिवन घिमिरेको अध्यक्षतामा केन्द्रीय कमिटी सदस्य रामलाल साह, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, केन्द्रीय सल्लाहकार सदस्य यशोदा अधिकारी, पूर्वअध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश कमिटी सदस्य खेम नेपाली रहेको ७ सदस्यीय अध्यक्ष मण्डलको प्रस्ताव गर्ने निर्णय पनि गरेकाे छ ।

निर्वाचन कार्यक्रम सञ्चालनका लागि वरिष्ठ अधिवक्ता सुरेसलाल श्रेष्ठको संयोजकत्वमा डिल्ली घिमिरे, विश्वराज भट्टराई, विवेक तिम्सिना, संजय मेहता, अविनारायण श्रेष्ठ, राधा उराँव, सविता घिमिरे, सुष्मा अधिकारी रहेको ७ सदस्यीय निर्वाचन कमिटी गठन भएकाे छ । यस्तै यज्ञ शर्माको संयोजकत्वमा रुपेश खतिवडा, केदार कार्की, कञ्चनकला वर्मा, डिल्ली कर्ण प्रसाईं रहेको पाँच सदस्यीय माइन्युट कमिटी पनि निर्माण गरेकाे अध्यक्ष कार्कीले जानकारी दिए ।

एमाले माेरङकाे अधिवेशनमा जिल्लाभरबाट ९१४ प्रतिनिधि सहभागी हुनेछन् । जसमध्ये १७ वटा स्थानीय तहको १५९ वडाबाट ६९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १०१ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना, र मनोनित ४६ गरि ९१४ जना प्रतिनिधि सहभागी हुनेछन् ।

जिल्ला अध्यक्ष कार्कीका अनुसार जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्ने अधिकतम प्रयास रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर