विराटनगर / मोरङमा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरेको छ । सोमबार रातिबाट लागु हुनेगरी निषेधाज्ञाको समय थप गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार थप गरिएको निषेधाज्ञाको समय अवधी जेठ ३१ गतेसम्म रहनेछ । सङ्क्रमणदरमा कमी आएपनि महामारीको जोखिम कायम नै भएकाले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको हो ।