पूर्वाञ्चल खबर
शनिबार राती विराटनगरमा आयोजना गरिएको संघको ३५ औं नवनिर्वाचित कार्यसमितिमा परिचयात्मक कार्यक्रममा आफ्नो प्राथमिकताका क्षेत्र गनाउँदै अध्यक्ष साहले गोष्ठीदेखि आगन्तुक स्वागतसम्मका नियमित कार्यक्रमलाई निरन्तरता दिने, विराटनगर आउने रेलको लगातार आवाजाहीका लागि पहल गर्ने, अन्र्तदेशीय व्यापार, एआइ सोलुसन, साइबर सुशासनका लागि काम गर्ने बताए ।
अध्यक्ष साहले साना उद्यमीले संघ परिसरमा रहेको नेपाल वातावरण सेवा केन्द्रबाट लिने सेवामा एक वर्षसम्मका लागि ५० प्रतिशत छुट दिने घोषणा गरे । उनले विराटनगरमा आर्थिक क्षेत्रसँग सम्बन्धित कार्यक्रमको आयोजना गरी नेपालभरीका सम्पूर्ण उद्योग वाणिज्य संघलाई सहभागी गराउने आफ्नो ईच्छा रहेको बताए । अध्यक्ष साहले संघको कार्यकारिणीमा रही काम नगर्ने पदाधिकारीलाई उम्कन नदिने मन बनाएका छन् । उनले कार्यकारिणीलाई सबल र सक्रिय बनाउने प्रतिवद्धता जनाए ।
२०५१ सालमा संघमा प्रवेश गरी २०६५ सालमा महेश जाजु नेतृत्वको कार्यकारिणी समितिको सदस्यका रूपमा विभिन्न पदमा जिम्मेवारी सम्हाल्दै आएका अध्यक्ष साहले सबैको मन जितेको हुनाले नै आफूले अध्यक्षजस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाएको बताए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष अनुपम राठीले साहको नेतृत्वमा युवा उद्यमीलाई प्रोत्साहन गर्दै लगानीको वातावरण बनाउने, महिलालाई उद्यमशीलतामा अझैं अगाडि लिएर आउने, स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने, निर्यातलाई बढाउने र संघले गरिरहेका कामलाई अगाडि बढाउँदै संघलाई नयाँ उचाईमा साहले पु¥याउने कुरामा आफू विश्वस्त रहेको बताए । निर्वतमान अध्यक्ष राठीले संघमा नेतृत्व परिवर्तन हुने तर उद्देश्य परिवर्तन नहुने बताए ।