AArya
RUMPUM
animated ellipse animated ellipse

व्यक्ति पूजाको अन्त्य’ गर्दै झापा ५ को सम्पर्क कार्यलयमा राखेको छ रविको होइन बालेनको मात्र फोटो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०८२, बिहीबार ०८:१८
180
Shares
दमक / सामान्यतया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयको भित्तामा पार्टी सभापति रवि लामिछानेको हँसिलो चेहरासहितको तस्बिर देखिन्छ ।

कार्यालयहरुमा सभापति रविको तस्बिर अनिवार्यजस्तै छ । तर, झापाको निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय समितिको कार्यालयमा भने रवि लामिछानेको तस्बिर छैन । उक्त कार्यालयमा रास्वपाका वरिष्ठ नेता बालेन साह बसोबास गर्छन् । उनको भेटघाट पनि सोही कार्यालयबाट हुन्छ ।

सम्पर्क कार्यालयमा साहले राष्ट्रिय झण्डा ओढेर नमस्कार गरेको फोटो मात्रै राखिएको छ । झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर साहले पार्टीको परम्परागत शैलीमाथि ‘मौन विद्रोह’ गर्दै आफ्नो मात्रै तस्बिर राखेको कार्यकर्ता बताउँछन् ।

पार्टीको सम्पर्क कार्यालयमा सभापतिको तस्बिर नहुँदा समथर्कहरुले अचम्म मानिरहेका छन् । बालेन साहको टिम परम्परागत चुनाव प्रचारभन्दा फरक शैलीमा प्रस्तुत भइरहेको छ ।

कार्यालयमा सभापतिको फोटो नराख्नुलाई उनीहरूले ‘व्यक्ति पूजाको अन्त्य’का रूपमा व्याख्या गर्ने गरेका छन् । बालेन निकट स्रोतका अनुसार कार्यालयमा फोटो राखेर नेताको भक्तिगान गर्नुभन्दा जनताको बीचमा जानु उपयुक्त हुन्छ ।

उनको सचिवालयका कर्मचारी कार्यालयमा कार्यकर्ता भेटघाट गरेर बस्नु भन्दा घरदैलोमा जानुलाई नै बढी प्रभावकारी मान्छन् । बालेनको प्रचार संयन्त्रमा खटिएका १ जना सदस्यले भने, ‘कार्यालयमा नेताको पालो कुरेर बस्ने संस्कारले नेता र जनताबीच दूरी बढाउँछ । कार्यालयमा आएर भेटघाट गर्नुभन्दा सिधै टोल–टोलमा पुग्दा प्रभावकारी हुन्छ ।’

बालेनको यो कार्यशैलीबाट रास्वपाका पुराना कार्यकर्ताहरू भने खुशी छैनन् । रवि लामिछानेको क्रेजलाई मूल मन्त्र मानेर हिँडेका कार्यकर्ताहरूलाई बालेनको शैली मन नपरेको हो । तर, बाहिर व्यक्त गर्न सकेका छैनन् । रास्वपाको पहिचान रविसँग जोडिएकाले सभापतिको तस्बिर राख्नु पर्ने उनीहरुको भनाइ छ ।

झापा क्षेत्र नम्बर ५ मा बालेनसँगै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसबाट मन्धरा पौडेल चिमरिया, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बाट रञ्जित तामाङ, श्रम संस्कृति पार्टीबाट समीर तामाङलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर