ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ को विद्यार्थीलाई स्वागत गर्दै विराटनगरको सेन्टजोसेफ स्कुलले गर्यो ‘फ्रेसर पुल पार्टी’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०८१, आईतवार १८:५३
216
Shares
विराटनगर / विराटनगरको सेन्टजोसेफं प्लस टुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ ।

शनिबार साँझ स्कुल परिसरमा एक फरक कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

‘फ्रेसर पुल पार्टी’ आयोजना गरेर विद्यार्थीहरूलाई स्वागत गरिएको कलेजका निर्देशक रोहितजंग थपलियाले बताए । उनले अन्यभन्दा फरक रूपमा सेन्टजोसेफलाई चिनाउन पनि यस प्रकारको कार्यक्रम गरिएको उल्लेख गरे । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रमको सम्पूर्ण जिम्मा लिएर सफलतापूर्वक सम्पन्न भएको थपलियाको भनाइ छ ।

‘कार्यक्रम हवाई र समुद्र किनारको थिममा आयोजना गरिएको हो’, थपलियाले भने, ‘कार्यक्रमस्थलमा कृत्रिम छाप्रा र नरिवलका रुखहरूले सजाएर समुन्द्र किनारको वातावरण सिर्जना गरिएको हो । यस्ता कार्यक्रम विराटनगरमा सायदै नहोलान् ।’

कार्यक्रममा सिरश ब्यान्ड, डिजे ईश्वर र लाइभ म्युजिकको प्रस्तुति समेत गरिएको थियो । कार्यक्रमको व्यवस्थापन म्यानेजमेन्ट, प्राविधिक व्यवस्थापन विज्ञान र सम्पूर्ण फुड लगायतको व्यवस्थापन होटल म्यानेजमेन्टका विद्यार्थीहरूले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर